पूर्वाधार विकास मन्त्री देउवाद्धारा योजनाको अनुगमन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगतका विकास निर्माणका योजनाको अनुगमन गरेका छन्। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ अन्तर्गतका विभिन्न वडामा सञ्चालित योजनाहरुको अनुगमन गरेका हुन्।

प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमन गर्दै मन्त्री देउवाले सरोकारवालालाई सम्झौताको अवधिभित्रै योजना सम्पन्न गर्न निर्देशन दिए। उनले काममा गुणस्तर कायम राख्न पनि निर्देशन दिएका छन्। ‘अब प्रदेश सरकारले आगामी बजेटमा कार्यक्रतामुखि योजना छुट्याउदैन।प्राथमिकता र आवश्यकताका आधारमा योजना छुट्याउँछ, त्यसमा सबैले सहयोग गर्नुहोस।’

मन्त्री देउवाको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखि ६ र वडा नम्बर ११ मा प्रदेश सरकारद्वार निर्माणाधिन सडक, पुल, कल्भर्ट लगायत योजनाहरुको अनुगमन गरेको छ।

सम्बन्धित

Comments are closed.