डडेल्धुराको उग्रतारा मन्दिरबाट चाँदीका सामानहरु चोरी

महेन्द्रनगर । डडेल्धुराको एक धार्मिक स्थल मन्दिरमा चोरी भएको छ । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा चोरी भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ मा रहेको मन्दिरमा चोरी भएको हो ।

शनिवार बिहान करिब साढे १ बजे चोरी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन् ।

मन्दिरबाट चाँदीको माला, चाँदीको मुकुट लगायतका सामान चोरी भएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । उग्रतारा मन्दिर सुदूरपश्चिममा धार्मिक पर्यटकिय हिशावले प्रशिद्धी पाएको मन्दिर हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.