भीमदत्त नगरपालिका १५ का स्थानियद्धारा नहर सरसफाई

महेन्द्रनगर । कञ्चनपुरका स्थानियहरुले सिँचाई कुलो मर्मत तथा सरसफाई गरेका छन् । भीमदत्त नगरपालिका १५ कालिका टोलका स्थानियहरुले आफैले उक्त सिँचाई कुलोको मर्मत तथा सरसफाई गरेका हुन् ।

टर्सरी नहरको सरसफाई भीमदत्त नगर पालिका १५ का वडा सदस्य हरी प्रशाद भट्टको नेतृत्वमा गरिएको हो । सिँचाईले मर्मत सम्भार, सरसफाई गर्न खासै चाँसो नदिए पछि स्थानियहरुले आफनै पहलमा शनिवार उक्त क्षेत्रमा रहेको करिब ३ सय मिटर लामो नहरको सरसफाई गरेको वडा सदस्य भट्टले बताए ।

अब रोपाईको समय पनि नजिक आउँदै गरेको बेलामा किसानहरुलाई पानी आवस्यक पर्ने भएकाले सबै किसानहरुले आफैले मिलेर उक्त नहरको सरसफाई गरेको उनले बताए । यसरी नै सबै स्थानियहरुले आआफना क्षेत्रमा यस्तै कार्यहरु गर्दै जाने हो भने किास निर्माण तथा अन्य कार्य गर्न सहज हुने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.