कञ्चनपुरमा ठूलो परिमाणमा लागुऔषध पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्। प्रहरीले भीमदत्त नगरपालिका–१७ बासखेडाबाट वडा नम्बर–४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नम्बर–१८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरेको हो।
उनीहरुलाई ६३ एम्पुल रेक्सोजेसिससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। राईले उक्त लागुऔषध कालो पोलिथिनमा हालेर कट्टुभित्र लुकाइराखेको अवस्थामा फेला पारेको डाँगीले बताए। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.