धनगढीमा साढे चार लाख मूल्यका सामग्री बरामद

महेन्द्रनगर । कैलालीमा साढे चार लाख मूल्य बराबरका विभिन्न भन्सार छलीका सामग्री फेला परेको छ । मंगलवारधनगढी उपमहानगरपालिका–२ बसपार्क पछाडीबाट प्रहरीले भन्सार छलीका अवैध सामान बरामद गरेको हो।

नामथर खुल्न नआएको चालकले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हवल्दार रामसिंह धामीको कमाण्डमा खटिगएको गस्ती टोलीलाई देखेपछि अटो नै छोडेर चालक फरार भएको प्रहरीले जनाएको छ। उक्त अटो र अटोमा रहेका सामान बरामद गरिएको छ।

चार लाख ४४ हजार मुल्य बराबरका सामग्री प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। प्रहरीले अटोसहित एक सय २५ थान सादा साडी, एक सय २० थान सेतो धोती, १० थान टावेल, १५ थान सादा धोती, ४१ थान राम्रोमा साडी, ६ सय थान श्रीराम लेखेको खादा र ९८ थान ब्लाउज थान कपडा मरामद गरेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.