महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले २६ करोड बढी निक्षेप संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जेष्ठ २ गते एक सुचना जारी गर्दै उक्त संस्थामा बचतकर्ता रहि बचत रकमको साँवा व्याज रकम फिर्ता नगरेको लगायत ठगी भएका सबैलाई जाहेरी दरखास्त निवेदन दिन आग्रह गरेको थियो ।
भीमदत्त नगरपालिका १८ निम्बुखेडा का नारायण चन्दले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा ८५ हजार जम्मा गरेको बताए । बिहिवार आफुले पनि निवेदन दिएको भएपनि रकम फिर्ता हुनेमा आशा नरहेको बताए । प्रहरीलाई तथ्याङक मात्र मागेको हुन सक्ने उनले बताए । तरपनि आफुले निवेदन दिएको र आशाा गरौ आफु लगायत अन्य स्थानियहरुले रकम पाउने छन उनले भने, आफ्ले प्रदेश सभा सदस्य संघिय लगायतका नेताहरु संग पनि यो समस्याको बोरमा जानकारी दिएको बताए ।
रकम जम्मा गरेका बचतकर्ताले नागरिकताको प्रतिलिपी, पासबुक लगायतका प्रमाणहरु साथमा लिएर आउन भनेर सुचना निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताए । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
मङ्गलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएका छन् । भक्तपुर जिल्लाका बचतकर्ताहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा दिएको जाहेरीको आधारमा सहकारी ऐन २०७४ बमोजिमको कसुरमा मुद्धा दर्ता गरी आवस्यक कारवाही पनि भईरहेको उनले बताए । उक्त सहकारी संस्थाको शाखा कार्यालय पनि जिल्लामा रहेको अवस्थामा बचतकर्ता लाई आफुसंग भएका कागजातसहित जाहेरी दिन आग्रह गरिएको उनले बताए ।
जिल्लामा गत माघयता सहकारी सञ्चालक सम्र्पक बाहिर रहेका छन् । सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरेका छन् । कागजात जम्मा पारेर सहकारी ठगीमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाउँने उनले बताए । जिल्लमा माघको तेस्रो साता लगानी डुब्ने चिन्ताले बचत रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलित भएका थिए । उता, कैलालीको धनगढीमा ६ हजार बचतकर्ता सहकारीबाट पीडित बनेको पाइएको छ ।
धनगढी शाखा अन्तर्गत मात्र ६२ करोड ८३ लाख बचत फसेको बचतकर्ताले गुनासो गरेका हुन् । सो सहकारीले चार करोड ५१ लाख मात्र लगानी गरेर बाँकी रकम दुरुपयोग भएको आंशका गरिएको छ । पीडितको बचत रकम फिर्ता नभए आन्दोलन चर्काउने संघर्ष समिति धनगढीको चेतावनी छ ।
Comments are closed.