दार्चुलामा ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

महेन्द्रनगर । दार्चुलामा ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ । अर्का एक संकलक घाइते भएका छन् । यार्सागुम्बा संकलनका क्रममा बिहीबार ढुंगाले aलागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

यार्सागुम्बा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए । सीतापुल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ ।

सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.