महेन्द्रनगर । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुसकोट सेलगाउँका ३१ वर्षिय सर्जन साउँदको करेन्ट लागेर मृत्यु भएको हो ।
उनलाई विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । मंगलवार गाउँको एक विधालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
Comments are closed.