डडेल्धुरामा अनाथ बालबालिकाहरुलाई खाद्यन्न सहयोग

महेन्द्रनगर। डडेल्धुरामा अनाथ बालबालिकाहरुलाई खाद्यन्न सहयोग गरिएको छ । आफनो आमाको पन्ध्रौ पुण्य तिथिको अवसर पारी अमरगढी नगरपालिका ७ पोखरामा रहेको बेथस्दा बाल गृहमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यन्न सहयोग गरिएको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका ५ निवासी स्थानिय समाजसेवी रमेश सिनालले आफनो आमाको पन्ध्रौ पुण्य तिथिमा खाद्यन्न सहयोग गरेका हुन् । सिनालकी आमाको ८५ वर्षको उमेरमा निधन भएको थियो । उनले बाल गृहमा रहेका बालबालीकाहरुलाई उनिहरुको आवस्यक्ता पुरा नभएपनि केही हदसम्म सहयोग मिलोस भन्ने हेतुले चामल दाल, तेल, नुन, पिठो, तरकारी लगायतका खाद्यन्न सहयोग गरिएको उनले जानकारी दिए ।

अनावस्यक रुपमा खर्च गर्नु भन्दा बाल गृहमा रहेका बालबालिकाहरुलाई सहयोग गर्नु नै पुण्यको काम रहेको उनले बताए । बाल गृहका संचालक जित ताम्राकारले यसरी खाद्यन्न सहयोग गरेको प्रती सिनाल परिवारलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले बाल गृह संचालनमा धेरै चुनौती रहेको र समस्या भईरहेको समयमा यसरी खाद्यन्न सहयोग आएको प्रती उनले खुसि व्यक्त गरे ।

सम्बन्धित

Comments are closed.