महेन्द्रनगर । कञ्चनपुरमा रहेको वृद्धाश्रम र बाल अनाथालयमा खाद्यान्न सहयोग गरिएको छ । अखिल बिश्व गायत्री परिवार महेन्द्रनगर , कंचनपुर शाखाले खाद्यान्न सहयोग गरेको छ । बैशाख ३१ गते देखी जेष्ठ ३ गते सम्म शिबधाम क्षेत्र महेन्द्रनगरमा गायत्री परिवारले २४ कुण्डिय गायत्री महायज्ञको आयोजना गरेको थियो ।
उक्त यज्ञ कार्यक्रममा विभिन्न क्षेत्रका करिब १ हजार भन्दा बढी मानिसको सहभागीता रहेको गायत्री परिवार महेन्द्रनगरका अध्यक्ष ओमकार पन्तले बताए । उक्त ४ दिन सम्म चलेको यज्ञबाट चामल खाद्यान्न , सङ्ग सङ्गै नून,तेल,मसला,तरकारी र फलफूल बाजारबाट खरिद गरेर बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाश्रम) र समाज कल्याण अञ्चल बाल अनाथालयलाई सहयोग गरिएको उनले बताए ।
उक्त सहयोग कार्यक्रममा गायत्री परिवार महेन्द्रनगरका अध्यक्ष ओमकार पन्त, कोषाध्यक्ष तारा प्रसाद भण्डारी सह–सचिब राज बहादुर चन्द र सदस्य नगेन्द्र प्रसाद जोशीको उपस्थिति रहेको थियो । अञ्चल बाल अनाथालयका तर्फबाट ब्यबस्थापक र बृद्धाश्रमका तर्फबाट बृद्ध आमा बुवा समेत चम्पा साउदको उपस्थिति रहेको थियो ।
Comments are closed.