अपाङ्गताहरुको मागलाई पनि समेटनु पर्ने भन्दै भीमदत्त नगरपालिकालाइ ज्ञापन पत्र पेश

महेन्द्रनगर । सुदुर पश्चिम समावेशी अपाङ्गता संघ कंचनपुरले भीमदत्त नगरपालिकालाई माग सहितको ज्ञापन पत्र बुझाएको छ । अपांग भएका व्यक्तिहरुका लागि आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा बिभिन्न माग राख्दै अपाङ्गता व्यक्तीहरुका लागि स्वरोजगार मुलक कार्यक्रम तथा उनिजहरुका अभिभावकहरुका लगि पनि अभिमुखीकरण कार्यक्रमको माग राखेर भीमदत्त नगर उपप्रमुख निलम लेखक जोशीलाई माग सहितको ज्ञापन पत्र पेश गरेको हो ।

जिल्लाको सबै भन्दा ठुलो पालिका भीमदत्त नगरपालिकामा अहिले सम्म अपाङ्गता भएका हरुको एकिन तथ्याङक नभएको सुदूरपश्चिम अपाङग महासंघ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्रबहादुर खडायतले जानकारी दिएका छन् । पालिकाले आकाशे तथ्याङकको भरमा अर्थात अनुमानका भरमा योजना तथा कार्यक्रम गर्दै आइैरहेको भएर आफनो पहिलो माग भनेको नै अपाङ्गता भएका हरुको विस्तृत तथ्याङक निर्माण गरी उनिहरुको आयआर्जन सिपविकास तालिमका लागि अनुदान प्रदान गरिनु पर्ने बताए ।

यस्तै, अहिले जनप्रतिनिधी ज्युहरुलाई अपाङ्गता भएका हरुलाई कुन परिचय पत्र कसरी दिने, भन्ने जानकारी पनि नभएको अवस्थामा उनिहरुलाई अभिमुखिकरण प्रदान गर्ने, पूर्ण र अति अपाङ्गता भएका बिषेस गरी रातो र निलो कार्ड भएका अपाङ्गताहरुका अभिभावकहरुलाई पनि अहिले अभिमुखिकरण आवस्यक रहेका हुँदा उनिहरुका लागि ५ दिने तालिमको पनि माग गरिएको अपाङग महासंघ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्रबहादुर खडायतले जानकारी दिएका छन् ।

यसैगरी, अपाङ्गता भएका व्यक्तीहरुलाई खेलकुदबाट पनि उनिहरुले आफनो पहिचान कायम राख्न सक्छन भन्दै खेलकुद प्रवद्धन कार्यक्रको पनि व्यवस्था गरी उनिहरुलाई थप हौसला प्रदान गर्नको लागि पनि माग कार्यक्रम माग गरिएको उनले बताए । यता, नगर उप प्रमुख जोशीले आवश्यक बिषयबस्तु सम्वन्धी आवश्यक छलफल गरि अपांगता भएका व्यक्तिहरुका समस्याहरु लाई सम्बोधन हुने गरि आ.व.०८०÷०८१ को वजेट्मा आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

उक्त कार्यक्रम सुदुर पश्चिम समाबेसी अपाङ्ग्ता सङ्ग्को आयोजना एविलिस फाउन्डेसनको सहयोगमा कार्यक्रमको संचालन भएको थियो । उक्त कार्यक्रममा मागपत्र उपेन्द्र बहादुर खडायतले प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रममा संघका अध्यक्ष मान्मती देबि भट्ट को सभापतित्वभीमदत्त नगर उप प्रमुख निलम लेखक जोशी ज्यु को प्रमुख आतिथ्यतामा र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको थियो ।भने उक्त कार्यक्रममा १४ जना अपाङ्ग्ता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.