कञ्चनपुरको बेदकोट नगरपालिका मेलमिलाप केन्द्र गठनमा जिल्लामै पहिलो

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका जिल्लामा मेलमिलाप केन्द्र गठनमा पहिलो पालिका बन्न सफल भएको छ । पालिकामा रहेका १० वटै वडामा मेलमिलाप केन्द्र गठन गरिसकेपछि जिल्लामा नै पहिलो पालिका बन्न सफल भएको हो । मंगलवार वडा नम्वर ९ र १० मा पनि मेलमिलाप केन्द्र गठन भएपछि सबै १० वटै वडामा केन्द्रको गठन गरिसके पछि वेदकोट नगरपालिका जिल्लामा पहिलो मेलमिलाप केन्द्र गठन गर्ने पालिका बनेको हो ।

न्यायीक समिती अन्र्तगत न्याय सम्पादन गर्ने प्रक्रियामा मेलमिलाप प्रक्रियालाई पनि संबिधानमा उल्लेख गरिए बमोजिम हाल आएर ६ वर्ष पश्चात बेदकोट नगरपालिकाका स्थानियहरुले आफनै घरदैलोमा केन्द्र पाएपछि हर्षित भएका छन् । आफनो कार्यकालको एक वर्ष पुरा हुनासाथ नगर उप प्रमुख तथा न्यायीक समिति संयोजक तुलसी जोशी को सक्रियतामा अहिले पालिकाका १० वटै वडामा मेलमिलाप केन्द्रको गठन भएको छ ।

संबैधानिक व्यवस्था अनुसार स्थानिय स्तरमा देखिने विवादहरु तथा देवयानी मुद्धालाई मेलमिलापको व्यवस्थाबाट समाधान गरी दुबै पक्षको जित बनाएर न्याय सम्पादन लाई टुङगाईने प्रक्रिया रहेको र सोको अभिलेख न्यायीक समिती पेश गर्नुपर्नु प्रावधान रहेको छ । यस्तै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले वेदकोट नगरपालिका सुदूरपश्चिममै पहिलो पालिका भएको बताए । यसको श्रेय नगर उपप्रमुख तुलसी जोशीलाई जाने बताए । उहँको अथक मिहिनेत प्रयास ले आज वेदकोट नगरपालिका सुदूरपश्चिममै पहिलो मेलमिलाप केन्द्र गठन गर्ने पालिका बन्न सफल भएको बताए ।वेदकोट नगरपालिकाका नगर उप प्रमुख तथा न्यायीक समिति संयोजक तुलसी जोशीले अहिले आफुहरु मानविय विकासको क्षेत्रमा अहोरात्र कार्यमा खटिएको अवस्थामा अहिले यो मेलमिलाप केन्द्र आफनै घर आँगनमा ल्याउन पाउँदा आफु लगायत स्थानियहरुले पनि हर्षित भएको महसुस गरेको बताईन् ।

दिगो शान्ती विना विकास सम्भव नहुने भएकाले यो प्रक्रियाको माध्यमबाट गाउँगाउँमा रहेका विवादलाई वडामा समाधान गर्न यो प्रक्रियाले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको जिकिर गरिन् । अहिले देशमा कार्यपालिका, व्यवस्थापिका, र न्यायपालिकाले जसरी काम गरिरहेको छ त्यही अनुरुप यो मेलमिलाप केन्द्रले आफनो गाउँमा सबै विवादलाई निष्पक्षमा रहेर दुबै पक्षको जित गराएर कार्य सम्पादन गर्न मेलमिलापकर्तालाई आग्रह गरिन ।

६ वर्ष पहिला पालिकामा न्यायीक समिती अन्र्तगत ईजलास नरहेको अवस्थामा अहिले आएर ईजलास को व्यवस्था गरिएको छ, साथै प्रत्येक वडाबाट ६ जनालाई न्याययीक समितीले मेलमिलाप तालिम प्रदान गरी दक्ष मेलमिलापकर्ता उत्पादन गरेको छ जस्ले आफनै वडामा गाउँमा रहेका विवादलाई निष्पक्ष कम खर्चिलो, झन्झट रहित तवरले समाधान गर्ने माध्यमको रुपमा ऐनले व्यवस्था गरेको पनि जानकारी नगर उपप्रमुख जोशीले दिईन् । विवाद समाधानको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रमा पक्षहरुले मेलमिलापकर्ताको सहयोगमा विवाद वा मुद्धाको निरुपण गर्नु पर्ने बताईन् ।

“मेलमिलापकर्ता” भन्नाले पक्षहरु बीचको विवादलाई छलफल गराई सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गरी स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न सहयोग हुने उपप्रमुख जोशीको भनाई रहेको थियो । मेलमिलाप केन्द्रहरुको प्रभावकारी तवरले सञ्चालन तथा व्यवस्थापन गर्नमा आफुले सक्दो सहयोग गर्ने जिकिर गरीन । साथै सहमती हुन नसकेको विषय कानुन बमोजिम सम्बन्धित कार्यालयमा पठाउने, सहमति कार्यान्वयन भए नभएको अनुगमन गर्ने गराउने तथा पक्षहरुको आपसी सम्बन्धबारे जानकारी लिन पनि स्थानीय वासिन्दालाई मेलमिलाप सेवा प्रयोग गर्न अभिप्रेरित गर्ने ।

मेलमिलापकर्ताको क्षमता अभिबृद्धिसम्बन्धी आवश्यक कार्यहरु गर्ने मेलमिलाप सेवाको प्रचार प्रसार गर्ने । मेलमिलापसँग सम्बन्धित निकायबाट तोकिएका अन्य कामहरु गर्ने । विवादमा निर्णय नदिने र आफूलाई निर्णयकर्ता नभई विवाद समाधान प्रकृयाको सहजकर्ता सम्झने र छलफल वार्ता संवादबाट विवादसमाधानका लागि सहजीकरण गर्न पनि आग्रह गरिन ।

कुनै पक्षलाई जात, जाति, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय र राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी निष्पक्ष र तटस्थ रहने र मानव अधिकार संरक्षण र सामाजिक न्यायको बिषयमा संवेदनशील भई कार्य गर्न आग्रह गरिन । कुनै कानूनी जटिलता आएमा स्थानीय तहको सहयोगमा बिशेषज्ञसंग परामर्श लिएर मात्र कानूनसम्मत रुपमा पक्षहरु बीच सहमति गराउन उपप्रमुख जोशीले बताईन् ।

सम्बन्धित

Comments are closed.