महेन्द्रनगर । दलित महिला संघ (फेडो) कञ्चनपुरले व्यवसायिक उत्प्रेरणा र विकासका लागि उद्यमशिलता विकास तालिम सम्पन्न गरेको छ । जेठ १८ गतेदेखी सुरुवात गरिएको उक्त तालिमको शनिवार सम्पन्न गरिएको छ । नेपालमा दलित महिलाको मानव अधिकार प्रवद्धन परियोजना अन्तर्गत उक्त तालिमको आयोजना गरिएको दलित महिला संघ (फेडो) कञ्चनपुरका जिल्ला संयोजक नरबहादुर औजीले जानकारी दिए ।
संस्थाले निर्माण गरेका समुहका सदस्यहरुलाई लक्षित गरेर १० वटा समुहका ३० जना बढी सिमान्तकृत दलित महिलाहरुलाई यो तिनदिने तालिम प्रदान गरिएको उनले बताए । नेपाल सरकारको तथ्याङकलाई हेर्ने हो भने सबै भन्दा बढी गरिबको रेखामुनीे दलित महिलाहरु रहेको पाईएकाले उनिहरुलाई उद्यमशिल बनाएर उनिहरुलाई उद्यम विकासका लगी उत्प्रेरणा दिन यो तालिमको आयोजना गरिएको र व्यवसाय के हो ? व्यापार व्यवसाय कसरी गर्ने, कसरी फाईदा निकाल्ने छनौट कसरी गर्ने योजना कसरी गराउने भन्ने कुराको जानकारी दिनका लागी यो तालिमको संचालन गरिएको उनले बताए ।
अहिले सम्म संस्थाले ३ सय भन्दा बढी महिलाहरुलाई तालिम दिई सकेको र त्यही मध्ये अधिकाँस महिलाहरुले आफनो व्यवसाय संचालनमा ल्याएको र आफनो परिवाहरुलाई आर्थिक रुपमा पनि सहयोग गरिरहेको उनले बताए । यो तालिममा अब भविश्यमा व्यापार व्यवसाय संचालन गर्न ईच्छुक सहभागी सदस्यहरुलाई ल्याएर तालिममा सहभागी बनाएको उनले बताए । अहिले सदस्य महिलाहरुले कुखुरा पालन, बाख्रा पालन, किराना पसल, सौन्दर्य पसल लगायतका व्यापारहरु संचालनमा ल्याएका छन् ।
संस्थाले पनि समुहमा ६० देखी ७० हजार विँउ पुजीको रुपमा दिने गरेको र सदस्यहरुले पनि आफु ले पनि बचत गरेको रकमलाई मिलाएर व्यापार गर्न चाहने सदस्यहरुलाई रिण दिने व्यवस्था पनि गरेको जिल्ला संयोजक औजीले बताए ।
भीमदत्त नगरपालिका १० तिल्केनीका पुष्पा लुहारले कुखुरा पालन गरेर मनग्य आम्दानी गरेको बताईन् । आफुले पहिले ५ वटा कुखुराबाट सुरुवात गरेको भएपनि अहिले उक्त व्यापार बढेर ४० वटा कुखुरा पालिरहेको बताईन् । कुखुरा खरिद गर्न अहिले घरमा नै आउने गरेको र आम्दानी पनि राम्रै भएको उनले बताईन् ।उक्त तालिममा प्रशिक्षकको रुपमा देवेन्द्र अधिकारी रहेका थिए ।