वेदकोट नगरपालिकामा दादुरा रुवेला खोपको अभियान संचालन हुने

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा दादुरा रुवेला खोपको अभियान संचालन हुने भएको छ । जेष्ठ २५ गतेदेखी ३१ गते सम्म पालिकामा रहेको ६ महिना देखी १५ वर्ष मुनीका सबै वालवालिकाहरुलाई दादुरा रुवेलाको खोप लगाईने भएको हो ।

वेदकोट नगरपालिकामा दादुरा रुवेला खेप अभियान संचालन सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिती तथा सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा पालिकामा रहेका १७ हजार ५ सय ६८ जना वालवालिकाहरुलाई दादुरा रुवेलाको खोप लगाउने अभियान संचालन गरिने वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हरिषा पालले जानकारी दिईन् । रोगको प्रकोप अबका दिनमा नहोस भनेर उनिहरुलाई जेष्ठ २५ गतेदेखी ३१ गते सम्म पालिकामा रहेको ६ महिना देखी १५ वर्ष मुनीका सबै वालवालिकाहरुलाई थप मात्रा दादुरा रुवेलाको खोप लगाईने उनले बताईन् ।

साथै, पालिकामा रहेका १० वटा वडामा रहेका ४७ सरकारी सामुदायिक विद्यालयहरु र १० वटा स्वास्थ्य संस्था गरी ५७ वटा खोप केन्द्रबाट बिधार्थी र समुदायका वालवालिकाहरुलाई खोप दिने योजना रहेको उनले बताईन् । साथै उक्त अभियानमा १ सय ४० जना खोप लगाउने चिकित्सक र स्वयम सेवक १ सय १४ जनाले अभियानमा सहयोग गर्ने र वेदकोट नगरपालिकामा अहिले दादुरा रुवेलाका बिरामी नदेखिए पनि केही वालवालिकाहरु खोप लगाउन छुटेको उनले बताईन् ।

सरकारले लिएको रणनिती अनुसार सन २०२६ सम्ममा दादुरा रुवेला लाई निवारण गर्ने अभियानलाई लक्ष्यलाई पुरा गर्न यो अभियान संचालनमा आएको वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हरिषा पालले जानकारी दिईन् । यो रोग सर्ने खतरनाक भएकाले १ जना विरामीले १८ जनालाई सार्न सक्ने भएकाले समुदायमा यो रोग देखा पर्ना साथ अन्य वालवालिकाहरु पनी बढी जोखिममा पर्ने भएकाले सबैले यो खोप लगाउनु पर्ने बताईन् ।

यो रोग सबै उमेर समुहलाई लाग्न सक्ने भएपनि वालवालिकाहरुलाई बढी असर गर्ने यसको चपेटामा पर्ने जोखिम बढी रहेको भएर आफना वालवालिकाहरुलाई यो खोप लगाउन उनले आग्रह गरिन् । अहिले कञ्चनपुरमा ३३ जनामा यो रोग देखा परेको पनि उनले जानकारी दिईन् ।

सम्बन्धित

Comments are closed.