महेन्द्रंनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सार्क एजुकेशन फाउन्डेसनले ए आई रोवोटिक्स सम्बन्धी वृहत कार्यक्रम को आयोजना गर्ने भएको छ । आर्टिफिसियल बौद्धिकता र रोर्बट सम्बन्धी ३ दिने कार्यशाला गोष्ठी हुने भएको हो ।
फाउण्डेशनले २७ जेठदेखि २९ सम्म भीमदत्त नगरपालिका ६ महेन्द्रनगरमा सुदूरपश्चिमका एसईइ दिएर बसेका तथा अन्य बिधार्थीहरुलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिने बिद्यालयका प्रमुख लक्ष्मण बस्नेतले जानकारी दिएका छन् । विज्ञान सहितका अन्य सबै संकायका विद्यार्थीलाई समेटने गरी आयोजना गरिने उक्त कार्यक्रममा बिधबार्थीहरुलाई २ दिनसम्म डिजिटल डस्टविन, तथा रिमोटबाट संचालन गर्न सकिने बिभिन्न सामग्रीहरु बनाउन सिकाउनका लागि भारतको मुम्वईबाट २ जना विशेषज्ञहरु आएर ज्ञान दिने उनले बताए ।
तेस्रो दिनमा सहभागी विधार्थीहरुलाई बिधालयले नै सामग्री उपलब्ध गराई उनिहरुले सिकेका कुराहरुलाई बनाएर देखाउने कार्यक्रम रहेको सार्क एजुकेशन फाउण्डेशन कप्युटर विज्ञान संकायका प्रमुख सुरज सिहले बताए । हार्डवेयर र सफ्टबेयर विधिबाट विद्यार्थीलाई नयाँ कामका सृजनात्मकता ल्याउने क्षमताको विकास गर्ने र नयाँ विषयबस्तु बारे आर्कर्षित गर्दै उनीहरुलाई प्रविधि प्रयोग गर्दै अघि बढ्ने योजना रहेको उनले बताए ।
सार्क एजुकेशन फाउण्डेशन प्राध्यापक दिपेन्द्र कुमार ऐरले विद्यार्थीलाई नयाँ नयाँ विषयबस्तुको ज्ञान अभिबृद्धि गर्दै शिक्षालाई प्रयोगात्मक विधिबाट अघि बढाईने बताए । सुदूरपश्चिमै पहिलो पटक उक्त सम्मेलनको आयोजान गरिने र बिधार्थीहरुलाई निशुल्क रुपमा सहभागी हुन पाउने भएका छन् ।
Comments are closed.