धनगढीमा खाल्डो खन्ने क्रममा एक जनाको मृत्यु
महेन्द्रनगर । कैलालीमा एक जनाको खाल्डो खन्ने क्रममा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मायाराम चौधीको घर नजिकै सेप्टी टंकिको खाल्डो खन्ने क्रममा बिष्णु चौधरीको मृत्यु भएको हो ।
कैलारी गाउँपालिका–२ का २७ वर्षीय चौधरी माटोको ढिस्कोमा च्यापि घाईते भएका थिए ।
घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार मृत्य भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Comments are closed.