महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ ले कञ्चनपुर जिल्लामै पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुवात तथा आयोजना गर्ने जिल्लामा पहिलो वडा हुने भएको छ ।
मंगलवार आफनै वडा कार्यालयको भवनमा वडा तहमा योजना छनौट तथा प्राथमिकीकरण र आ.व. २०७९÷८० मा भए गरेका कार्यहरू को सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले जानकारी दिएका छन् । आफनो वडामा भीमदत्त नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम तर्जुमा का लागी यस वडा बाट योजना छनौट तथा प्राथमिकिकरण गर्नुपर्ने र चालु आर्थिक वर्ष २०७९÷८० मा वडामा भए गरेका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम गरिने वडा अध्यक्ष देवकोटाले जानकारी दिए ।
आम जनतालाईहरुलाई वडाले पाएको बजेट कती थियो ? कती खर्च भयो ? केके कुरामा आम्दानी भए ? भनेर जानकारी प्रदान गर्न र उहााहरुको सुचनाको अधिकार भएको भएर पनि यो कार्यक्रमको आयोजना गरिएको उनले बताए । साथै वडामा आएको बजेटको पारदर्शीता देखाउनका लागि आम जनतालई सुचना प्रदान गर्न उहाँहरुले दिएको रकमलाई कसरी संचालन गरिरहेका छौ त ? भनेर जानकारी दिन पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले जानकारी दिएका छन् ।
उनले सबै टोल विकास संस्थाका अध्यक्षहरु, निवर्तमान जनप्रतिनिधीहरु, वडास्तरीय राजनितिी दलका प्रतिनिधीहरु, लगायत सरोकारवालाहरुको उपस्थितीका लागि अनुरोध पनि गरेका छन् । यस्तै सम्बन्धित टोलका योजना तथा कार्यक्रमहरु लिखित रुपमा कार्यालयमा पेश गर्न पनि आग्रह गरेका छन् ।
Comments are closed.