आफ्नो माग पुरा नभए कडा आन्दोलन गर्ने राप्रपा कञ्चनपुरको चेतावनी

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरल आफ्नो माग पुरा नभए मंगलवारदेखी कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आफ्नो कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले महेन्द्रनगरमा सोमवार चक्काजाम समेत गरेको छ ।

राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महेन्द्रनगरमा चक्काजाम गरेको हो । बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै चक्काजाम गरेको हो । कञ्चनपुर प्रहरीले आइतबार साँझ राप्रपा कार्यकर्ता जयकिसन बोहरा (ज्याकी) लाई विनाकारण पक्राउ गरेको विरोधमा बाध्य भएर सडकमा आएको राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए ।

सोमबारसम्म पनि बोहरालाई रिहा नगरे मंगलबारदेखि थप कञ्चनपुरमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । १५ जेठ गणतन्त्र दिवसकै दिन राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा जुत्ता प्रहार गरेका थिए । सोही प्रकरणमा प्रहरीले १८ जेठमा जयकिसन बोहरा (ज्याकी) र किसन बोहरालाई छाडेको थियो ।

फेरि कागज गराएर छाडेका व्यक्तिलाई धरकपड गर्दै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको भन्दै राप्रपाले आइतबार नै आन्दोलन घोषणा गरेको थियो । आफनो पार्टीले आईतवारदेखि सोमबार दिउँसो १२ बजेसम्म रिहा गर्न प्रहरीलाई अल्टिमेटम दिएका तर, प्रहरीले छोडेन नमाने पछि प्रहरीले राप्रपाप्रति प्रतिशोध साँधिरहेको राप्रपा कञ्चनपुरका अध्यक्ष चन्दले बताए ।

यता, कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बोहरालाई केही विषयमा सोधपुछका लागि ल्याइएको बताए । बोहराको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता डाँगीले बताए । गणतन्त्रमा विरोध गर्न पाउनेदेखि वाक स्वतन्त्र हुनुपर्ने भए पनि सरकार र राष्ट्रपतिको विरोध गर्दैमा पक्राउ गरिहाल्नुपर्ने कारण नै नरहेको अवस्थामा पार्टीले संघर्षको कदम चाल्नुपर्ने बाध्यता आएको उनले बताए ।

राप्रपाको चक्काजामका कारण महेन्द्रनगरदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

सम्बन्धित

Comments are closed.