विश्व वातावरण दिवसका अवसरमा कञ्चनपुरका बिभिन्न ठाँउमा वृक्षारोपण

महेन्द्रनगर । प्रतिकुल मौसम र संरक्षण गर्ने चुनौतीका बीच ५१औं विश्व वातावरण दिवस ५१ औँ वल्र्ड ईन्भाईरोनमेन्ट डे २०२३ सन्दर्भमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकाक विभिन्न वडाहरुमा वृक्षरोपण गरिएको छ ।

कंचनपुर को दोधारा चांदनी मा सुख्खा बन्दरगाह र भीमदत्तको खल्ला मुसेट्टीमा महाकाली करिडोर निर्माणको क्रममा धेरै रुख हरु कटान हुने भएपछि वातावरण संरक्षण कंचनपुर क्षेत्र न। ३ का पुर्व सांसद डा। दिपक प्रकाश भट्टको पहलमा वृक्षरोपणको शुरूवात गरिएको हो । दुबै नगरपालिका विभिन्न खाली ठाउँका साथै सशस्त्र प्रहरी बलको द्यइए हरुमा, विध्यालयहरु र सामुदायिक वनहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

सुख्खा बन्दरगाह निर्माणका लागि दोधारा चादनीमा ३०००रुख र महाकाली करिडोरको निर्माणका लागि भीमदत्तको वडा नं ९ मा १९५१ रुख कटान गर्नुपर्ने वातावरणीय प्रभाब मूल्याकंन प्रतिवेदनमा उल्लेख्य गरिएको छ। वातावरण संरक्षण ऐन,२०७६ र वातावरण संरक्षण नियमावली,२०७७ को प्रावधान अनुसार एक रुख काट्दा २५ रुख रोप्नु पर्दछ । विकासका विभिन्न योजनाहरूमा यो प्रावधान पुरा गरेको देखिदैन ।

वातावरण संरक्षण, सन्तुलन र संवर्धनका लागि हातेमालो गर्दै अगाडी बढ्न समेत डा। भट्टले सबैलाइ आग्रह गरेका छन । कञ्चनपुरमा मात्रै यी दुई योजनका लागि १२३,७७५ रुख रोप्नु पर्दछ। महाकाली करिडोरको थप डडेलधुरामा २६१,८७५, बैतडीमा ११४,९०० र दार्चुलामा ५१,०५० रुख रोप्नु पर्ने हुन्छ

सम्बन्धित

Comments are closed.