भीनपा १८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ ले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै वडामा रहेका सबै टोल विकास संस्थाका अध्यक्षहरु, निवर्तमान जनप्रतिनिधीहरु, वडास्तरीय राजनिती दलका प्रतिनिधीहरु, स्थानियहरु, गैर सरकारी संस्थाका प्रतिनिधी, पत्रकारहरुको उपश्थितीमा उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका सभापती एवम वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले वडा तहमा योजना छनौट तथा प्राथमिकीकरण र चालु आर्थिक वर्ष २०७९÷८० मा भए गरेका कार्यहरू विषयमा जानकारी दिनका लागि यो सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताए । सहभागीहरुबाट विषेस गरेर पूर्वाधार विकासका योजनाहरुको माग बढी आएको बताए ।

अहिले ढल निकास, तटबन्ध, सडक कालोपत्रे, ग्राभेल, पक्कि नाली निर्माण, सडक बत्ती, खानेपानी लगायतका मागहरु स्थानिय सहभागीहरुको आएको र कतिपय योजनाहरु लिखित रुपमा पनि आएको भएर उक्त विषयमा छलफल भईरहेको उनले बताए । ‘विषेस गरेर ५ वटा क्लस्टरमा रहेर मागहरु आउनु पर्ने हो’ उनले भने, ति हुन् आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत तथा सेवाप्रवाह विकास र वन तथा वातावरण विपद व्यवस्थापन विकासमा रहेर आएका मागहरुलाई उच्च प्राथमिकतामा राखिने उनले बताए । अहिले बजेट घटेर आएको वडा अध्यक्ष देवकोटा जानकारी दिए ।

अहीले वडामा ९१ लाख रुपैँया बजेट विनियोजन भएको र उक्त बजेटमा रहेर हुन सक्ने योजना हरु मा काम हुने बताए । साथै ठुला योजनाहरु पनि माग भएर आएको र वडाको बजेटले नसकिने योजनाहरुको लागि पालिका प्रदेश सरकार तथा संघिय सरकारसंग पनि समन्वय गरिने वडा अध्यक्ष देवकोटाले बताए । साथै वडामा आएको बजेटको पारदर्शीता देखाउनका लागि आम जनतालाई सुचना प्रदान गर्न उहाँहरुले दिएको रकमलाई कसरी संचालन गरिरहेका छौ त ? भनेर जानकारी दिन पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष देवकोटाले जानकारी दिए ।

आफनो वडामा भीमदत्त नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम तर्जुमा का लागी यस वडा बाट योजना छनौट तथा प्राथमिकिकरण पनि गरिएको जानकारी दिए । वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेपछि सचिव दिनेशराज भट्टले चालु आर्थिक वर्षको कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।

चालु आर्थिक वर्षमा वडामा १ करोड २७ लाख बजेट आएको र उक्त बजेटबाट अधिकाँस योजनाका कामहरु सम्पनन भएका र केही बाँकी रहेका योजनाहरु पनि सम्पन्न हुनै लागेको वडा सचिव भट्टले बताए ।

सम्बन्धित

Comments are closed.