योगगुरु रामदेवलाई नेपाली ढाका टोपी लगाएर स्वागत (तस्विरहरु)

महेन्द्रनगर । आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने सम्मेलन आजबाट सुरु भएको छ । उक्त सम्मेलनमा योगगुरु रामदेव बाबा पनि सहभागी हुन कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी भएर नेपाल आएका छन् । उनलाई स्थानियहरुले नेपाली ढाकाको टोपी लगाएर स्वागत गरेका छन् ।

खप्तडमा मंगलबार बाट सुरुभएको धार्मिक पयेटक सम्मेलनमा भाग लिन योगगुरु रामदेव गडचौकीको बाटो हुदै मंगलबार विहान नेपाल प्रवेश गरेका हुन् ।

नेपाल प्रवेशका क्रममा गडचौकीमा उनको भव्य स्वागत गरिएको छ।

राजनितिक दल,उघोग वाण्ज्यि संघ,प्रहरी कर्मचारी,विद्यार्थीलयाएतको उपस्थितिमा नेपाली टोपी लगाई दिएर उनको स्वागत गरिएको थीयो ।

सम्बन्धित

Comments are closed.