महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा आगलागी भएको परिवारलाई खाद्यन्न र अन्य सामग्रीहरु सहयोग गरिएको छ । वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले वडाको पहलमा तत्कालका लागी सामाजिक संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लुए कञ्चनपुर र भीमदत्त नगरपालिकाले पिडित कलावती सिंहलाई सामग्रीहरु सहयोग गरिएको बताए ।
एनएनएसडब्लुएले त्रिपाल, भाँडाकुडा,भान्सामा चाहिने सामग्री लगायत सामग्री दिएको छ भने नगरपालिकाले विपद व्यवस्थापनबाट २ कट्टा चामल दाल, तरकारी, नुन तेलहरु सहयोग गरेका वडा अध्यक्ष देवकोटाले जानकारी दिएका छन् । उक्त क्षेत्रमा रहेको सुकुम्बासी वस्तीमा आगलागी हुँदा कलावतीको सिंहको घर पूर्णरुपमा ध्वस्त भएको हो ।
वडा कार्यालयले तत्काल सिहलाई राहत स्वरुप नगद १५ हजार सहयोग गर्ने वडा अध्यक्ष देवकोटाले घोषणा गरेका छन् । वडा अध्यक्ष देवकोटाले यो दुःखद घट्ना भएको छ, तत्काल वडाबाट विपद व्यवस्थापनबाट राहत स्वरुप १५ हजार सहयोग गर्ने जानकारी दिए । स्थानीयले आगो लागेको जानकारी गराएपछि वडा अध्यक्ष देवबकोटा सहित सदस्यहरु तत्काल त्यहाँ पुगेका थिए ।
वडा अध्यक्ष देवकोटा सहित वडा सदस्य हेम वस्नेत, रुपा जैरु, सीता भण्डारी लगायत कार्यक्रमका सहभागी, नगर प्रहरी र अन्य स्थानीय सबैले पानी फालेर आगो नियन्त्रणमा लिएका छन् । आज बिहान करिब ११ बजेतिर बिजुलिको तार शट भएर आगलागि हुदा घर भित्र रहेका खाद्यान, लत्ताकपडा,टिभि, बेडबिस्तारा र नगद ९ हजार गरि २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका पहरी सहायक निरिक्षक रमेश नाथले जानकारि दिएका छन् ।
आगलागी भएर घर र घरभित्रका सबै समान जलेर खरानी भएका छन् । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा सहितको टालीको सक्रियताले आगलागी नियन्त्रणमा आएको थियो ।
Comments are closed.