वेदकोट नगरपालिकामा दलित लक्षित सात दिने मालापोते तालिम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकामा दलित लक्षित सात दिने मालापोते तालिम सम्पन्न भएको छ । पेलितालेस्वर एकता समाज दैजीको आयोजनामा दलित लक्षित सात दिने मालापोते तालिम बुधवार उक कार्यक्रमको आयोजना गर्दै सम्पनन भएको हो ।

पेलितालेस्वर एकता समाज दैजीका अध्यक्ष यज्ञ शार्कीको अध्यक्षता,वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीकोे प्रमुख आतिथ्यतामा दलित लक्षित सात दिने मालापोते तालिमको समापन गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शार्कीले अहिले पनि दलित महिलाहरु धेरै कुराबाट पछाडी रहेको अवस्थामा यो ७ दिने तालिमबाट केही सिप सिकेर आफनो व्यवहारमा लागु गरी आयआर्जनमा वृद्धि गर्न आग्रह गरे । साथै आफु र आफनो परिवारका लागि आर्थिकरुपमा साथ र सहयोग बन्न पनि उनले बताए ।

सधै घरायसी काम धन्दामा मात्र सीमीत रहने महिलाहरु यति बेला सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने उनले बताए । यस्तै, कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले कुनै समयमा पुरुषको आदेशमा चल्ने महिलाहरु अहिले आफैमा मेहेनत गरेर स्वरोजगार बन्न खोजिरहेको अवस्थामा पालिकाले महिलाहरुलाई आत्म निर्भर तथा आर्थिकरुपमा अगाढी बढाउनका लगी बिभिन्न स्वरोजगार मुलुक तालिमहरु प्रदान गरिरहेको बताईन् ।

उनले वेदकोट नगरपालिकामा यो सहित अन्य तालिमहरु प्रदान गरी महिलाहरुलाई उद्यमी बनाउदै आत्मनिर्मर बनाउने खालका तालिमको आयोजना गरिएको बताईन् । यो पालिकाले एक वर्षमा कम्तिमा पनि ५० देखी ५५ वटा बिभिन्न किसिमका स्वरोजगार मुलुक तालिमहरुको आयोजना गरिएको बताईन् । आफनो घरायसी काम सकेर समय निकालेर पनि आयआर्जन गर्न सकिने तालिम दिएको बताईन् ।

आफनो सिपलाई सिकेर व्यवहारमा लागु गर्नूपर्ने र अरुलाइृ पनि सिप हस्तान्तरण गर्ने र अरु पनि व्यवसायीहरु संचालन गर्न सक्ने खालको हुनुपर्ने बताईन् । तालिम सकेर महिलाहरुले ब्यवसायीरुपमा कार्य गरेमा आफ्नो पकेट खर्चको लागि कोही संग हात फैलाउन नपर्ने नगर उपप्रमुख जोशीले बताईन् ।

तालिममा सहभागीहरु महिलाहरुले तालिमले सम्पुर्ण सहभागीलाई हौसला थपेको भन्दै सामाग्री उत्पादन गरेर बजारीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तालिममा वेदकोट नगरपालिका वडा नम्बर ३ का १५ जना महिलाहरूको सहभागिता रहेको थियो । तालिमको समापन संगै महिलाहरु ब्यवसायीरुपमा काम गर्नमा उन्मुख हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

सम्बन्धित

Comments are closed.