भोलि बिहिवार कैलालीको गोदावरी बन्द

महेन्द्रनगर । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले भोलि कैलालीको गोदावरी नगर क्षेत्र बन्द गर्ने घोषणा गरेको छ । समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जेष्ठ २५ गते (भोलि) बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म गोदावरी नगर क्षेत्र बन्द गर्ने घोषणा गरेको हो ।

‘२०७९ माघ २९ गतेका दिन नेपाल सरकारले आफैले गरेको निर्णयबाट पछि हट्दै सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना हुने गरी बजेट मार्फत गरिएको घोषणा हामीलाई कुनै हालतमा मान्य हुने छैन । पटक पटकको जानकारी, अन्तरक्रिया, छलफल र विरोध लगायतका कार्यक्रममहरु गर्दा समेत मागप्रति सरकारले ध्यान नदिएको भन्दै कडा संघर्षका कार्यक्रममा जान बाध्य भएका छौं’

संघर्ष समितिका संयोजक लोकराज पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘जसको फलस्वरुप भोलि जेष्ठ २५ गते बिहान ८ बजे देखि साँझ ६ बजे सम्म गोदावरी नगर क्षेत्र बन्द रहने कार्यक्रम तय गरेका छौं । बन्द समयावधिभित्र यस क्षेत्रमा रहेका निजि तथा सरकारी विद्यालयहरु, व्यापार–व्यवसायहरु, उद्योग तथा कलकारखाना लगायतका सम्पूर्ण कार्यालयहरु बन्द गरी आन्दोलनलाई सहयोग गरिदिन हुन यस क्षेत्रका सम्पूर्ण महानुभावहरुलाई यो सघर्ष समिति विनम्र अनुरोध गर्दछ ।’

सम्बन्धित

Comments are closed.