बझाङको सुर्माका वडाध्यक्ष बोहराको निधन

महेन्द्रनगर । बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्षको सर्जन बोहराको निधान भएको छ । मधुमेह र कलेजो लगायतसम्बन्धी रोगबाड पीडित बोहराको ३८ वर्षको उमेरमा गएराति निधन भएको हो । केही समययतादेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए ।

चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उनको निधन भएको हो । बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने एक मात्र वडाध्यक्ष थिए ।

सम्बन्धित

Comments are closed.