महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषध ओसार पोसार विरुद्धको अभियान सुरु गरिएको छ । बिहिवार बेदकोट नगरपालिकाको सहयोगमा नमूना महिला विकास मञ्च, कञ्चनपुरको आयोजनामा वडा नम्वर १० मा रहेको श्री रत्न मावीबाट अभियानको सुरुवात गरिएको हो ।
पालिकामा लागूऔषध ओसार पोसार विरुद्धको अभियान अन्र्तगत बिहिवारबाट सुरुवात गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम नगर उप प्रमुख तुलसी जोशीले पछिल्लो समय युवापुस्ताहरु कुलतमा फस्दै गईरहेको अवस्थामा यो अभियानलाई पक्कै पनि युवाहरुलाई कुलतबाट बच्ने, आफ्नो समयको उचित प्रयोग गरी भविश्यको लागी लक्ष्य निर्धारण गर्नेमा सहयोग मिल्नेमा विस्वस्त रहेको बताईन् ।
देशका लागि भविश्यका कर्णधारहरुले अहिले बाटै आफनो लक्ष्य निर्धारण गरी आफ्नो समुदायमा रहेको युवाहरुलाई पनि कुलतमा जानु हुदैन् कुलतको प्रयोगबाट टाढा जानु पर्दछ भन्ने ज्ञानहरु पनि दिनहुन उनले बिधार्थीहरुलाई आग्रह गरिन् साथै नेपाल प्रहरीले मात्रै यो कुलतलाई लागुऔषधलाई कमगर्न नसक्ने भएकाले सबैले मिलेर यो कुलत, लागु औषलाई समुदायबाट नै उखलेर फाल्नु पर्ने बताईन् । समुदायमा त्यस्तो किसिमको जानकारी पाएमा प्रहरी वडामा रहेका जनप्रतिनिधी हरुलाई जानकारी दिनहुन पनि उनले बताईन् ।
युवाहरुको यो समय भनेको आफ्नो अध्ययनमा दिने हो समयलाई सहि पहिचान गरी आफनो भविश्य निर्माण गर्नका लगि सहि बाटोमा हिँडने सहि आचरण आफनो बानी व्यवहार पनि सुधार गरी समुदायमा अनुसरणिय व्यक्ती बन्नुपर्ने उनले बिधार्थीहरुलाई जानकारी दिईन् । कार्यक्रमका सभाअध्यक्ष एवम वडा नं.१० का अध्यक्ष रतन सिंह बिष्टले आफनो वडामा रहेका सबै बिधालयमा यो अधियान संचालन र्ने बताए ।
साथै वडामा रहेको युवाहरुलाई कुलत लागुपदार्थ दुव्र्यशनीमा नलाग्नका लागि उनिहरुलाई बिभिन्न स्वरोजगार मुलक तालिम प्रदान गर्ने योजना रहेको पनि जानकारी दिए । उक्त कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष हिरा जैसी, वडा सदस्य, नगरका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय, विद्यार्थी समेतको सहभागिता रहेको थियो ।