महेन्द्रनगर । कञ्चनपुरमा लागू औषध रोकथाम तथा न्यूनीकरण सम्बन्धि जनचेतनामूलक अभियान सुरु गरिएको छ । बिहिवार भीमदत्त नगरपालिका वडा नम्वर १८ ले लागू औषध रोकथाम तथा न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।
आफ्नो वडामा रहेको महेन्द्रनगर माबी साधारण रे मर्निङ ग्लोरी सेकेन्डरी स्कुल मा भीमदत्त नपा वडा न १८ को आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी को सहजीकरण मा कार्यक्रम को सुरुवात गरिएको वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले जानकारी दिएका छन् ।
वडा अध्यक्ष देवकोटाले पछिल्लो समय युवापुस्ताहरु कुलतमा फस्दै गईरहेको अवस्थामा यो अभियानलाई पक्कै पनि युवाहरुलाई कुलतबाट बच्ने, आफ्नो समयको उचित प्रयोग गरी भविश्यको लागी लक्ष्य निर्धारण गर्नेमा सहयोग मिल्नेमा आफु विस्वस्त रहेको बताए ।
देशका लागि भविश्यका कर्णधारहरुले अहिले बाटै आफनो लक्ष्य निर्धारण गरी आफ्नो समुदायमा रहेको युवाहरुलाई पनि कुलतमा जानु हुदैन् कुलतको प्रयोगबाट टाढा जानु पर्दछ भन्ने ज्ञानहरु पनि दिनहुन उनले बिधार्थीहरुलाई आग्रह गरे, साथै नेपाल प्रहरीले मात्रै यो कुलतलाई लागुऔषधलाई कमगर्न नसक्ने भएकाले सबैले मिलेर यो कुलत, लागु औषलाई समुदायबाट नै उखलेर फाल्नु पर्ने बताए । समुदायमा त्यस्तो किसिमको जानकारी पाएमा प्रहरी वडामा रहेका जनप्रतिनिधी हरुलाई जानकारी दिनहुन पनि उनले आग्रह गरे ।
युवाहरुको यो समय भनेको आफ्नो अध्ययनमा दिने हो समयलाई सहि पहिचान गरी आफनो भविश्य निर्माण गर्नका लगि सहि बाटोमा हिँडने सहि आचरण आफनो बानी व्यवहार पनि सुधार गरी समुदायमा अनुसरणिय व्यक्ती बन्नुपर्ने उनले बिधार्थीहरुलाई जानकारी दिए ।
उनले यो बाहेक बिद्यालयहरुमा बक्तृत्व कलाको आयोजना गरिने, सुधार गृहमा अनुगमन गरिने जानकारी दिए । उनले आफ्नो पालिकामा रहेका ११ वटा माध्यामिक तहका बिद्यालयमा कार्यक्रम गर्ने बताए । सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्णप्रशाद बोकटी सामुदायिक प्रहरीका प्रहरी निरिक्षक सिताराम विष्टले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए ।
Comments are closed.