कञ्चनपुरमा ३१ वर्षपछि पक्राउ परेका को हुन् ?

कञ्चनपुरमा साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐरले घरको भित्ता फोडेर चोरी गरेर फरार भएको ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.