यामाहाको रे जेडआर १२५ हाईब्रिड स्कुटर बजारमा

महेन्द्रनगर । यामाहा नेपालले नयाँ मोडलको रे जेडआर १२५ हाईब्रिड स्कुटर बजारमा ल्याएको छ । स्मार्ट जेनेरेटरसहितको नेपालको पहिलो हाईब्रिड स्कुटर रहेको यामाहाका प्रोपराईटर सुसलि पाण्डेयले जानकारी दिएका छन् । बिभिन्न आवस्यक्ता र सवारहरुको प्राथमिकताहरु पुरा गर्नका लागि उक्त स्कुरलाई बजारमा ल्याईएको उनले बताए ।

उक्त स्कुटरको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फयुल ईन्जेक्ट १२५ सीसी ब्लु कोर ईन्जिन रहेको र हाईब्रिड भेरियन्ट स्मार्ट मोटर जेनेरेटर गतीरोधको समयमा शक्ति सहायता प्रदान गर्ने रहेको छ । साथै साईलेन्ट स्टार्टरको रुपमा पनि चिनिने यो उन्नत प्रणाली शहरको सवारी अवस्थाहरुमा जिप्पियर प्रदर्शन र ईन्धन दक्षतालाई मद्धत गर्न ईलेक्ट्रिक मोटरको रुपमा देब्बर हुने र ईलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकिकरणले ईन्धनको बचत मात्रै गर्र्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउने उनले बताए ।

यो स्कटरलाई पुनः डिजाईन गरिउको। प्ूणैरुपमा डिजिटल ईन्स्टुमेन्ट क्लस्टर र मानकको रुपमा एलईडी हेडल्याम्पले सुसज्जित रहेको, जसले सवारी चालकहरुको लागी अधिकतम भिजिबिलिटी र सविधा सुनिश्चित गर्ने रहेको यामाहा कञ्चनपुर शाखाका मयानेजर विनोद पाण्डेयले बताए । यो स्कटरको तौल मात्र ९९ किलोग्राम रहेको र घरका सबै सदस्यहरुले चलाउन सक्ने युनिफाईड बे्रकिङ सिस्टम, साईड स्टयाण्ड, इन्जिन कटअफ सिस्टम, २१ लिटर अन्डर सिट भण्डारण जस्ता सुविधाहरु रहेको उनले बताए ।

स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा ईन्जिनलाई स्वतः स्विछ अफ गरी मुल्यवान उर्जा बचत गरेर ईन्धन दक्षतालाई अझ बढाउने भएको छ ।

यामाहा नेपालले हाईब्रिड टेक्नोलोजीको सिमलेस एकिकरणको साथ पावर, सुरक्षा र शैलीका बिचमा पूर्ण सन्तुनल खोज्ने सवारहरुको किफायती विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.