महेन्द्रनगर । कैलालीको गेटामा शहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय संचालन गर्नका लागि दवाव दिने उद्देश्यले सुदूरपश्चिमका युवाहरूले त्यहाँको प्रतिनिधित्व गर्ने सबै संघिय संसदलाई हिजो राती ९ देखि १० बजे सम्म एसएमएस पठाएर प्रश्न गरेका छन । स्थानीय युवा लोकराज पाण्डेको संयोजकत्वमा संघर्ष समिति नै बनाएर कैलालीका युवाहरूले केहि दिन अघि बाट आन्दोलन गरिरहेका छन ।
त्यसै आन्दोलन स्वरूप आन्दोलनलाई थप रचनात्मक र दवाव मुलक बनाउन संसदलाई एसएमएस प्रश्न गरेका हुन । गेटा विश्वविद्यालयका लागि तपाईले कहिले पहल गर्नुहुन्छ ? के हामी सुदूरपश्चिम बासीको पीडाले तपाईलाई छुदैन र ?, “माननीयज्यू नमस्कार,हाम्रो भोटले गेटा मेडिकल विश्वविद्यालय खोज्दैछ ।तपाई कता हुनुहुन्छ?”
,माननीयज्यू नमस्कार,तपाईलाई गेटा विश्वविद्यालय आवश्यक छैन ?ससंदमा चुनेर तपाईको भुमिका के हो ? लेख्ने ,बोल्ने र पहल गर्ने कार्य खोई ? जस्ता दर्जनौ प्रश्नहरू लेखेर सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने प्रत्येक संसदलाई मोबाइल नम्बरमा म्यासेज लेखेर पठाएका थिए । आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन खोलिएको म्यानेजर ग्रुपमा सयौ युवाहरू जोडिएर नेतृत्व लाई प्रश्न सोध्दै एसएमएस गरेका थिए ।
सरकारले गत माघ २८ गते गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा स्वास्थ विश्वबिद्यालय संचालन गर्ने गरि मन्त्री परिषदले निर्णय गरेको थियो । समबन्धी सोही निर्णयका आधारमा सरकारले जेठ छ पेश गरेको नीति तथा कार्यक्रममा समेत विश्वविद्यालय नै संचालन गर्ने कुरा उल्लेख गरिएको भए पनि जेठ १५ मा बजेट ल्याउदा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उल्लेख गरेकाले सो प्रति असहमती जनाएर माघ २८ कै निर्णय अनुसार विश्वविद्यालय बनाउनु पर्ने माग राखेर युवाहरूले आन्दोलनको शुरूवात गरेका थिए ।