बैतडीको एक पालिकाले जेष्ठ नागरिकको दौड प्रतियोगिता राख्यो

महेन्द्रनगर । बैतडीमा एक पालिकाले जेष्ठ नागरिक दौड प्रतियोगिता राखेको छ । मेलौली नगरपालिका ७ को गाउँकोटमा वडा स्तरिय खुल्ला महिला पुरुष भलिबल तथा जेष्ठ नागरिक महिला पुरुष १०० मिटरको दौड प्रतियोगिता हुने वडा अध्यक्ष रामचन्द्र भट्टले बताए।

वडाको आर्थिक सहयोग तथा वडा स्तरिय खेलकुद बिकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुने जनाईएको छ। भरतपुर माबिको खेल मैदानमा शुक्रबार बिहानदेखी खेल सञ्चालन भईरहेको हुने वडा अध्यक्ष भट्टले बताए। वडाले यो प्रतियोगिताको लागि ५० हजार बजेट बिनियोजन गरेको छ।

जेष्ठ नागरिक १०० मिटरको दौड प्रतियोगिता हुने भनि वडाले बजेट छुट्याएपछि चारैतिर चर्चा समेत भएको थियो। समाजिक सञ्चालमा जेष्ट नागरिकहरुको दौड प्रतियोगिता हुने भनेपछि अधिकाशंले आलोचना समेत गरेका थिए भने केहिले समर्थन समेत गरेका थिए।

सम्बन्धित

Comments are closed.