शुक्रवार कञ्चनपुरको तापक्रम ३९ डिग्री, शनिवार ४० पुग्ने

महेन्द्रनगर । अहिले सुदूरपश्चिमका २ तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ । कञ्चनपुर र कैलालीमा अहिले गर्मी बढेपछि जनजिवन प्रभावित भएको छ । शुक्रवार कञ्चनपुरकोे तापक्रम ३९ डिग्री पुगेको छ । शनिवार तापक्रम बढेर ४० डिग्री पुग्ने अनुमान हावा पानी फिल्ड कार्यालय, अत्तरियाले गरेको छ ।

सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तापक्रम लगातार एक साता ४० डिग्री नाघ्ने अनुमान गरिएको छ । आगामी सोमवारसम्म ४० डिग्री तापक्रम रहने भएको छ । यी दुई जिल्लाको लागि विरल घटना हो । आगामी बिहीवारबाट यी दुई जिल्लामा तापक्रम घट्ने प्रक्षेपण छ ।

बिहीवारबाट भने यी दुई जिल्लामा आंशिक वर्षाको सम्भावना रहेको छ । शुक्रवार मध्यान्ह दुबै जिल्लाको तापक्रम ४० डिग्री नाघेको हो । शनिवारदेखि गर्मी झन् बढ्ने पूर्वानुमान छ ।शनिवार कञ्चनपुरको तापक्रम ४१ र कैलालीको ४२ डिग्री पुग्ने छ भने आइतवार दुबै जिल्लाको तापक्रम ४२ डिग्री सेन्टिग्रेड रहनेछ ।

सोमवार यी जिल्लामा तापक्रम एक डिग्रीले घटेर ४१ डिग्रीमा झर्ने छ भने मंगलवार ४० डिग्री अनुमान गरिएको छ । यसरी बढदै गईरहेको गर्मीका कारण बिद्यालयहरु पनि बिहान १० बजेसम्म मात्रै संचालन गर्न जिल्ला समन्वय समितीले सुचना जारी गरेको छ ।

सम्बन्धित

Comments are closed.