कञ्चनपुरमा युवक मृत फेला

महेन्द्रनगर । कञ्चनपुरमाए क युवक मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा एक जनाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिबार मृत अवस्थामा फेला परेका हुन ।

घर नफर्किएपछि खोजतलास गर्ने क्रममा भट्टको नहर कल्भर्डतिर पानीमा डुबेको अवस्थामा शव भेटिएको हो । सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.