महेन्द्रनगर । महिलाहरुलाई आफुमा परेको अन्याय हिँसाका विरुद्धमा आवाज उठाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दलित महिला संघ (फेडो) ले आयोजना गरेको २ दिने क्षमता अभिवृद्धि तालिममा आएका सहभागीहरुले अहीले पनि समुदायमा महिला हिंसा, महिला माथी हुने अन्याय, जातिय विभेद समुदायमा कायमै रहेको अवस्थामा यस्ता बिभेदका विरुद्धमा आवाज उठाउनु पर्ने आँैलाएका छन् ।
समग्र विकासको अवरोध जातिय तथा लैङगिक विभेद नेपालमा दलित महिलाको मानवअधिकार प्रवद्धन परियोजना अन्तरगत नेपालको न्याय प्रणाली र कानु ढाँचा सम्बन्धि सिमान्तकृत समुदाय लक्षित सामाजिक न्याय प्रवद्धनका लागि अनौपचारिक न्यायिक अभियन्ताहरुको २ दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको फेडोले भीमदत्त नगरपालिकामा रहेका आफना समुहका सदस्य दलित महिला सदस्यहरुको सहभागीतामा उक्त क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो ।
फेडोका जिल्ला अध्यक्ष लक्ष्मि विकले अहिले पनि हाम्रो समुदायमा दलित महिला, दलित समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको र अहिले पनि जाति विभेद अन्तरजातिय विवाह गरेर अनेक आरोप लगाएर जेलमा हालिएका थुप्रै घटना रहेको अवस्थामा यस्ता बिभिन्न घटना तथा बिभेद भएमा हामी सबैले एकजुट भएर आवाज उठाउनु पर्ने बताईन् ।
यो क्षमता अभिवृद्धि तालिममा सहभागी भएका सबै महिलाहरुले आफनो समुदायमा समाजमा यदी यस्ता किसिमका घटना तथा बिभेद भएको पाएमा आफुले कानुनमा लेखिएका कुराहरु नेपालको न्याय प्रणाली कानुनी ढाँचामा के भनिएको छ भनेर जानकारी दिन पनि उनले आग्रह गरिन साथै बिभेदका विरुद्धमा आवाज उठाउनु पर्ने बताईन् ।
अहीले पनि सार्वजनिक वा निजी जिवनमा लिंगको आधारमा जातका आधारमा गरिने हिँसा विभेदहरु हम्रो चौतर्फी रुपमा समुदायमा समाजमा विद्यमान रहेको भएर यो तालिमबाट आफनो समुहका दिदिबहिनीहरुले केही ज्ञानका कुराहरु सिकी समुदायमा पनि त्यसको विषयमा जानकारी दिने र बिभेद हिँसा भएको थाहा पाएमा त्यसको विरुद्धमा आवाज उठाउनका लागी तालिम प्रदान गरिएको फेडको जिल्ला संयोजक नरबहादुर औजीले बताए ।
महिलाहरुलाई शारिरिक, यौनजन्य वा मानसिक क्षती वा पिडा पुय्राउदछ वा दिने सम्भावना हुन्छ जस अन्तरगत त्यस्तो कार्य गर्ने धम्की दवाव र स्वेच्छारी रुपमा महिलाको स्वतन्त्रतामा समेत बन्देज गर्ने पारीपाटी रहेको अवस्थामा सबै महिलाहरुले कानुनमा केछ कसरी न्याय पाउने भन्ने जानकारी राख्न पनि जरुरी रहेको प्रशिक्षक एवम अधिवक्ता कौशिल्या ओझाले बताईन् ।