विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ

महेन्द्रनगर । विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश सभाको प्रवेशद्धवारमा प्रदर्शनसहित घेराउ गरेको छ । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेश सभा घेराउ गरिएको हो।

उनीहरुले सोमवार प्रदेश सभा सदस्यहरुलाई सभामा प्रवेशमा निषेध गर्ने कार्यक्रम थियो। तर प्रदेश सभाका सदस्यहरु आन्दोलनकारी जम्मा नहुँदै प्रदेश सभामा प्रवेश गरेका छन्। कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका आन्दोलनकारीहरुले गर्मीमा पनि प्रदेश सभाको प्रवेशद्धवारमा प्रलर्शन गरेका हुन्।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो०ले प्रदेश सभा अगाडि धर्ना तथा घेराउ गरिएको बताए।सोमवार मात्र अर्थ मन्त्री डा।प्रकाशशरण महतले गेटामा विश्व विद्यालय र अस्पताल सञ्चालनका लागि एक अर्ब १५ करोड विनियोजन गरिएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहल ९प्रचण्ड०ले पनि विश्वविद्यालय सञ्चालनका लागि ऐन निर्माणको चरणमा रहेको बताएका छन्। संघीय मन्त्रिपरिषदले गेटामा विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरिने छ भनिएको छ।

तर, जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको छ। संघर्षका कार्यक्रम अन्तरगत आइतवार सुदूरपश्चिममा आमहड्ताल गरिएको थियो।

सम्बन्धित

Comments are closed.