महेन्द्रनगर । बैतडीको एक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ५ मा रहेको शारदा मावि ढुङ्गाडमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।
छात्राहरु बेहोस हुन थालेपछि विगत दुई हप्ता देखि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक मिन बहादुर चन्दले बताए । छात्राहरुमा रुने, कराउने र बेहोस हुने लक्षण देखा परेका उनले बताए । उनका अनुसार ४÷५ वर्ष पहिले पनि एक चोटी विद्यार्थीहरुमा यस्तो समस्या देखिएको थियो ।
त्यो बेला केहि दिनमै ठिक भएपनि अहिले दुई हप्ता देखि विद्यार्थी रुने कराउने र बेहोस हुने क्रम रोकिएको छैन् । विहानको समयमा लाइनमा लागेका बेला र कक्षा कोठामा छात्राहरु बेहोस भएर ढल्ने गरेका छन् ।
के कारणले छात्राहरुमा रुने,कराउने बेहोस हुने समस्या देखा परेको हो पत्ता लागेको छैन् । छात्राहरुमा यस्तो समस्या देखिएपछि पालिकालाइ खबर गरिएको प्रधानाध्यापक चन्दले बताए ।
Comments are closed.