शुक्लाफाँटा एफएमका संस्थापक अध्यक्ष लुम्सालीले ७६ वर्षको उमेरमा स्नातकोत्तर गरे

महेन्द्रनगर । कञ्चनपुरको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका संस्थापक अध्यक्ष ऋषिराज लुम्सालीले लुम्सालीले संस्कृत भाषाको सर्वदर्शन विषयमा सर्वोत्कृष्ट भई ७७ प्रतिशत अंकका साथ (स्नातकोत्तर) तह पूरा गरेका छन् ।

सुकुम्बासी समस्या समाधान आयोगका पूर्व अध्यक्ष एवम् तत्कालीन कञ्चनपुर जिल्ला विकास समिति सभापति ऋषिराज लुम्साली नेपाल संस्कृत विश्व विद्यालयबाट दीक्षित भएका हुन् । ७६ वर्षीय लुम्साली संस्कृत विश्वविद्यालयबाट आचार्य (स्नातकोत्तर) तह पूरा गरी दीक्षित भएका हुन् ।

उनले संस्कृत भाषाको सर्वदर्शन विषयमा सर्वोत्कृष्ट भई नेपाल संस्कृत विश्व विद्यालयबाट आचार्य (स्नातकोत्तर) तह पूरा गरी दीक्षित भएका हुन्। उनी सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका संस्थापक अध्यक्षका साथै सकृय उद्यमी, समाजसेवी पनि हुन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीक्षित गरेका थिए । २०५३ सालमा सुकुम्बासी समस्या आयोगको आधी बनेका लुम्साली २०५४ देखि ५९ सम्म कञ्चनपुर जिल्ला विकास समितिको सभापति रहेका थिए । उनको पत्रकारिता एवम् साहित्यिक क्षेत्रमा ठूलो योगदान छ ।

उनै लुम्सालीले संस्कृत भाषाको सर्वदर्शन विषयमा सर्वोत्कृष्ट भई ७७ प्रतिशत अंकका साथ (स्नातकोत्तर) तह पूरा गरेका हुन् ।

सम्बन्धित

Comments are closed.