महेन्द्रनगर । कञ्चनपुरमा मानव स्वास्थ्यसंग खेलवाड गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे सीमावर्ती दोधाराचाँदनीमा अवैध रुपमा औषधी पसल संचालन गर्दै आएका ९ जना भारतीय पक्राउ परेका हुन् । लामो समयदेखि एकछत्र अवैध रुपमा मापदण्ड विपरित औषधी बेचबिखन गर्दै आएका भारतीय औषधी व्यवसायीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले लामो समयदेखि अवैध रुपमा मेडिकल संचालक गर्दै आएका तथा अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधीहरु बिक्रि बितरण तथा उपचार समेत गर्दै आईरहेकोपाईएका भएर नै उनिहरुलाई पक्राउ गरिएको बताए । साथै उनिहरुले नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गरिरहेका थिए ।
अवैध रुपमा मेडिकल संचालक गरेर नागरिकको जनस्वास्थ्यमा खेलवार्ड गर्दै आएका भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा औषधी बेचबिखन एव कारोबार गर्दै आएका ९ जना भारतीय नागरिकलाई पक्राउ गरिएको उनले बताए । दोधाराचाँदनी नगरपालिका १ मिलन चौराहमा अनुमती नलिएर औषधी पसल संचालन गरेर उपचार गर्दै आएका भारत उद्धवसिह नगर कुतियाकभरका ३८ बर्षिया निवास गाईन, दोधाराचाँदनी ३ श्रेष्ठ चौराहमा अवैध रुपमा मेडिकल संचालन गरेका उद्धमसिह नगर खटिमा बस्ने ३२ बर्षिया कार्तिक सरदार, सोही ठाँउबस्नेदेखि घर भएका ४९ बर्षिया निरन्जन अधिकारी, उद्धवसिह नगर खटिमा बस्ने २५ बर्षिया भुपेन्द्र पुरी,
दोधाराचाँदनी ४ लठघाट चौराहमा पसलको नाम नराखी अनुमती बिनै औषध पसल संचालन गर्दै आएका पिलिभित रानीकलौनी पोष्ट मजौलाका ४४ बर्षिया सुधान्सु हल्दार, उद्धवसिह नगर खटिमा बस्ने २३ बर्षिया रवि विश्वास र दोधाराचाँदनी ७ कञ्चनभोजमा अनुमती बिनै मेडिकल संचालन गरेका भारत उद्धवसिह नगर खटिमा बस्ने २६ बर्षिया संजय विश्वास, ४६ बर्षिया राजेश विश्वास र ४५ बर्षिया सन्तोष सरकारलाई पक्राउ गरिएको छ ।
पक्राउ गरिएका ९ जना भारतीयलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।
Comments are closed.