डोटी ६३औं साक्षर जिल्ला घोषणा

महेन्द्रनगर । डोटीलाइ साक्षर जिल्ला घोषणा गरीएको छ । उच्च अदालत दीपायलका न्यायधिस नृपध्वज निरौलाले एक कार्यक्रका बिच ६३ औं साक्षर जिल्ला घोषणा गरेसंगै डोटी जिल्ला साक्षर जिल्ला घोषणा भएको हो ।

न्यायधिस नृपध्वज निरौलाले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहुदै देशको विकासका लागि शिक्षाको ठूलो महत्व रहेको बताए । निरौलाले अघिल्ला वर्ष नै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भए पनि आज आफूले औपचारिक कार्यक्रमबीच डोटी जिल्ला लाई साक्षर जिल्ला घोषणा गर्न पाउँदा खुशी लागेको बताए । हाल कायम रहेका ७७ जिल्लामध्ये पछिल्लो पटक घोषणा भएको डोटी ६३ औँ साक्षर जिल्ला बनेको छ ।

साक्षर जिल्ला घोषणाका लागि १६ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९५ पुगेका कारण जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । डोटी जिल्ला साक्षर घोषणा कार्यक्रममा बोल्नहुदैै न्यायधिस निरौलाले नेपाली जनताको शिक्षाको अवस्था राम्रो भए मात्र विकास र समृद्धिको कल्पना साकार हुने जिकिर गरे ।

लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक र अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्थाअनुसार डोटीलाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समीति डोटीका प्रमुख लक्ष्मण सिहले बताए ।

डोटी जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गरीए पनि अधिकांश गाउँ र विपन्न बस्तीमा साक्षरता नभएको बेला गरिएको घोषणाले प्रश्न उब्जाउन सक्ने दीपायल सीलगढी नगरपालीकाका नगर प्रमुख बाजि सिं खडका बिजयले बताए ।

सम्बन्धित

Comments are closed.