सुदूरपश्चिमको आगमाी आर्थिक बर्षका लागी यस्तो छ बजेटको अवस्था

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्ष ०७९÷८० को बजेट भन्दा आर्थिक वर्ष २०८०÷८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो । चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान नौ अर्ब ७५ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने नौ अर्ब ६० करोड ५१ लाख र सङ्घीय रोयल्टी बाँडफाँटबाट चार करोड ७३ लाख बजेट दिएको छ ।

सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गरेको छ । यस पटक सरकारले अघिल्लो पटकभन्दा सानो आकारमा बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी खरिद नगर्ने भएको छ ।

प्रदेश सरकारले अतिआवश्यक बाहेकका सवारी खरिदका लागि बजेट विनियोजन नगरेको हो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा सवारी खरिदका लागि बजेट विनियोजन नगरेको हो। आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षमा अति आवश्यक बाहेकका सवारी खरिद नगर्ने बताएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशका नौ वटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो । आगमी आर्थिक वर्ष २०८०÷०८१ मा खानेपानीका लागि उक्त बजेट विनियोजन गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले सडक पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य लिएको छ। सडक पुलका लागि प्रदेश सरकारले पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आयोजनामा मुख्यमन्त्री तथा परिषदको कार्यालय बाट एकिकृत संयन्त्र परिचालन गरी अनुगमन गर्ने भएको छ ।

सम्बन्धित

Comments are closed.