कञ्चनपुरमा नयाँ सिडियो आउँदै

महेन्द्रनगर । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरूको सरुवा गरेको छ । गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ ।

उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो । उनी ०७९ असार ३० गतेदेखि कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भूमिकामा थिए ।

त्यस्तै, गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.