कञ्चनपुरमा फेरी अनुमतिबिना औषधि पसल सञ्चालन गर्ने २ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन रहेको पाइएको छ। अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधिहरु विक्री बितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्दै आएका भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरक ३९ वर्षीय गोकुल मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित

Comments are closed.