धनगढी उपमहानगरपालिकाले आफनो घर भत्काउनेलाई सम्मान गर्ने

महेन्द्रनगर ।धनगढी उपमहानगरपालिकाले आफनो घर भत्काउनेलाई घरधनीलाई सम्मान गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले ४२८ जना घर धनीलाई सम्मान गर्ने भएको हो । मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काउने घर धनीलाई उपमहानगरले सम्मान गर्ने भएको हो ।

जेठ ६ गते बुधवार मुख्य सडकको शिलान्यास गरिने र त्यसपछि धनगढीकै सौराइँ पार्टी प्यालेसमा एक कार्यक्रम गरेर आफ्नो घर आफै भत्काएर उपमहानगरलाई सडक निर्माण गर्न सहयोग गर्ने घर धनीलाई सम्मान गरिने नगरप्रमुख गोपाल हमालले बताए ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधवार नै रातोपुलदेखि क्याम्पस चोक सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सडक उद्घाटन पश्चात् घर भत्काएर सहयोग गर्ने नगरवासीलाई उपमहानगरले सम्मान गर्नेछ । प्रदेश सरकारले धनगढी रातोपुल–क्यामस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा यहीँ बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको छ ।

२ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्नेछ । उपमहानगरले विकास निर्माणमा स्थानीय घर धनीले सहयोग गरेको कामको मूल्याङ्कन गर्दै सम्मान गर्ने कार्यक्रम राखेको हो ।

सम्बन्धित

Comments are closed.