महेन्द्रनगर । बझाङमा गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह की धर्मपत्नी ५० वर्षीया अमृतासिंह र उनकी भाउजु जयादेवी सिंहको मृत्यु भएको छ । भने मन्त्री सिंहलाई थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको बझाङको केदारस्यूँ गाउँपालिका का उपाध्यक्ष मनिषा धामीले जानकारी दिएकी छन् ।
उनिहरुलाई देउरामा रहेको राईल स्वास्थ्य चौकीमा राखिएको उनले बताईन् । अन्य घाईते हुनेमा ३५ वर्षीय चालक धर्मराज जोशी, सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारीको अवस्था सामान्य रहेको र उनिहरु होसमा रहेको उनले बताईन् ।
आज दिउँसो उनिहरु सवार गाडी दुर्घटना भएको थियो । उक्त गाडी ५ जना सवार रहेका थिए । सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
Comments are closed.