सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा निधन

महेन्द्रनगर । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुए एसपी सन्तोषसिंह राठौरले मन्त्री सिंहको उपचारका क्रममा निधन भएको पुष्टि गरे। यसअघि नै उनकी पत्नी र उनकी भाउजुको बझाङमै निधन भइसकेको छ। मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा निधन भएको थियो ।

गम्भीर घाइते कानुनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाईसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो। तर जोशीर र पीएसओ भण्डारी भने बोल्न सक्ने अवस्थामा छन् ।

मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका–१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो ।

सम्बन्धित

Comments are closed.