महेन्द्रनगर । गर्मीका कारण विद्यार्थीहरुलाइ विदा दिएको मौकामा लक्ष्मी मावि उल्टाखाम बागफांटाले शिक्षकहरुलाइ पुनर्ताजगी तालिम दिएको छ । असार ४ गतेबाट शुरु गरिएको ३ दिने पुनर्ताजगी तालीममा शिक्षा विकास तथा समुन्वय इकाइका शाखा अधिकृत रुपराम तिरुवाले शिक्षक हरुलाइ तालिम दिएका थिए ।
पुनर्ताजगी तालिमले शिक्षकहरु थप ज्ञान दिनुका साथै स्पातिलो बनाउन मद्दत गरेको लक्ष्मी मा।वि। का प्रधानाध्यापक परमानन्द नाथले बताउनु भयो ।
पुनर्ताजगी तालिमले पाठका बारेमा प्रश्न गर्ने, तिनको जाँच गर्ने, नयाँ सामग्री तयार गर्ने, समस्या समाधान गर्ने लगायतका विबिध विषय सिकाएकोले आफुहरुको आत्म विश्वास बढेको सहभागी शिक्षकहरुले बताएका छ्न ।
शिक्षकहरू अझ बढी मेहनती र परिश्रमी बनाउनका लागि विद्यालयको आफ्नै श्रोतमा तालीमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले बताए ।
तालिममा लक्ष्मी मा।वि। उल्टाखाम बागफांटा र पंचकृत मा। वि। का समेत गरि २७ जना शिक्षक शिक्षिका हरुको सहभागीता रहेको थियो ।
Comments are closed.