कञ्चनपुरको भीमदत्तमा गरियो लामो वर्षे विदा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वर्षे विदा लामो विदा दिएको छ । शैक्षिक क्यालेन्डर अनुसार निर्धारण गरिएका विदाहरुमा केही संसोधन गरी मौसम पूर्वानुमानको आधार, स्थानीय परिवेश तथा विद्धमान गर्मीको अवस्थालाइृ समेतलाई मध्ये नजर गर्दै असार १० गतेदेखि साउन ३ गतेसम्म बर्षे विदा दिएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यामनारायण गौलीले जानकारी दिएका छन् ।

जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अनिवार्य बर्षे विदा गरिदिन आग्रह गरिएको छ । कुनै पनि बिद्यालयले निर्देशनको पालना नगरेको देखिएमा सम्बिन्धत विद्यालय नै जिम्मेवारी हुने र सोही अनुसार अभिलेख राखिनेउनले बताए ।

पछिल्लो समय जिल्लामा अधिक्तम तापक्रम ४१ देखी ४२ डिग्री सेल्सिीयस रहेको छ । गर्मीले दैनिक जिवनयापनमा पनि कठिनाई भएको छ भने स्वास्थ्यमा बिभिन्न समस्याहरु देखिएको महाकाली अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।

सम्बन्धित

Comments are closed.