दार्चुलाको मालिकार्जुन मावि बन्यो देशकै उत्कृष्ट

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन मावि देशकै उत्कृष्ट विद्यालय बनेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ स्थित मालिकार्जुन माध्यमिक नमूना विद्यालय देशभरमै सर्वोत्कृष्ट बनेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै सार्वजनिक गरेको नतिजा अनुसार धापको मालिकार्जुन एक नम्बरमा परेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले मालिकार्जुन माविले व्यवस्थापकिय तथा शैक्षिक कार्यमा राम्रो काम गरेको भन्दै उत्कृष्ट बनेको बताए । उनका अनुसार शैक्षिक समीक्षा कार्यालयको कार्यसम्पादन परीक्षणबाट सो नतिजा आएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.