महेन्द्रनगर । डडेल्धुराका स्थानिय समाजसेवी बिनय प्रकाश मल्लको नाम अहिले बच्चाबच्चाको मुखमा झुन्डिएको छ । मात्रै उनले गरेको कार्यले उनलाई यतीबेला स्थानियहरुले मल्ललाई मनमनमा राखेका छन् । समाजमा रहेका दिनदुखी अनाथ दलित अपाङ शिक्षा क्षेत्रमा गरेको सहयोगले उनलाई अहिले डडेल्धुरामा नचिन्ने कमै छन् ।
तिनै विनय प्रकाश मल्लले डडेल्धुरामा रहेका बिद्यालयमा २ ४२ हजार बढी रकम अक्षयकोष स्थापना गरेका छन् । अमरगढी नगरपालिकाका ११ वटै वडाका सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेका समाजसेवी मल्लले आफ्नो जन्मदिनको अवशर पारेर जिल्लाका विकट ग्रमीण क्षेत्रमा रहेका थप चार सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेका हुन् ।
जिल्लाको भित्रिमधेस क्षेत्रमा रहेको प्रशिद्ध तिर्थस्थल परशुरामधाममा अक्षय कोष स्थापना गर्न ५५ हजार पाँच सय ५५ रुपैयाँ, भागेश्वर गाउँपालिका–२ पनिउटस्थित कैलपाल माध्यामिक विद्यालयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ, आलिताल गाउँपालिका–२ गाङ्खेतस्थित उडिकोट माध्यामिक विद्यालयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ र नवदुर्गा गाउँपालिका–५ चामाचौडस्थित विजयाशैनी माध्यामिक विद्यालयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
विजयाशैनी माध्यामिक विद्यालयलाई अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्नुका साथै विद्यालयको छाना हावाहरीले उडाएकाले थप २० हजार रुपैयाँ मर्मत सम्भारका लागि सहयोग गर्नुभएको विद्यालयका शिक्षक गणेश साँउदले बताउनु भयो । गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित अशिग्राम माध्यामिक विद्यालयलाई पनि अक्षय कोष स्थापना गर्न ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईने मल्लले बताए ।
सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने कैलपाल माध्यामिक विद्यालयका प्रधानाध्यापक नरबहादुर ठकुराठीले बताए । जिल्लाका सबै सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना गर्ने लक्ष्य मल्लको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएइए । समाजसेवी मल्लले जिल्लाको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहनु भएको छ ।
जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवशर प्रदान गर्न सहयोग गरिरहेको र हालसम्म डडेल्धुरा जिल्लाबाट एक दर्जन बढि युवायुवतीहरु निःशुल्क भिसामा जापानमा रोजगारीका लागि पुगिसकेको मल्लले बताउनु भयो । मल्लले बिभिन्न मन्दिर निर्माण मर्मत सम्भार र सम्भावित पर्यटकीय स्थलहरुको विकासका लागि पनि सहयोग गरिरहनु भएको स्थानीय अगुवा नरेन्द्रसिँह कठायतले बताउनु भयो ।
गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत उपलब्ध गराउन थालिएको मल्लले बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले समाजसेवी मल्लको सहयोगका कारण जिल्लाको शैक्षिक गुणस्तर उकास्न टेवा पुगिरहेको बताउनु भयो । उँहाले समाजसेवी मल्लले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक विकासका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुगाईरहनु भएको जानकारी दिए ।
Comments are closed.