भीनपा ४ मा रहेको जानकी आमा समुहलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा १ हजार दिने सुत्केरी आमाहरुलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । भीमदत्त नगरपालिका अन्र्तगतको आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नम्वर ४ को आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

बाल तथा मातृ मृत्यु न्युनिकरण कार्यक्रम अन्तरगत सुनौलौ १ हजार दिनका आमाहरुलाई पोषण सम्बन्धी पोषिलो खाना तयारी तथा उपभोग सम्बन्धी अभिमुखीकरण तथा खाद्य परिकार प्रदर्शनी कार्यक्रम गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका सिअनमी निरिक्षक संगिता दर्जीले जानकारी दिईन् ।

पछिल्ला समयमा बालबालिकाहरुमा कुपोषण देखा पर्न थालेपछि १ हाजर दिनका आमाहरुलाई कसरी पोषणयुक्त खानेकुराहरु दिन सकिन्छ त्यसको पहिचान गरी पकाएर नै देखाएर उनिहरुलाई जानकारी दिईएको उनले बताईन् । बच्चा र आमा दुवैलाई राखेर कुपोषणबाट बच्न सकिने खानाहरुको पहिचान, पकाउने तरिका, को विषयमा जानकारी दिई आमा बच्चाहरुलाई पोषण सम्बन्धी जनचेतना दिनका लागी पनि यो कार्यक्रमको आयोजना गरिएको थियो ।

१ हजार दिने सहभागी आमा सन्जु पाल्पालीले यसरी आमा समुहमा आएर सबैलाई पोषण सम्बन्धी, स्वास्थ्य सम्बन्धी, परिवार नियोजन सम्बन्धी लगायत अन्य जानकारी दिएकोमा आफुहरुलाई खुसी लागेको बताईन् । यो अभिमुखीकरणले धेरै कुराहरुको जानकारी पाईएको र आगामी दिनमा पनि यस्तै अन्य कार्यक्रमहरुको पनि आयोजना गरिदिन उनले आग्रह गरिन ।

१ हजार दिने सुत्केरी आमाहरुलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम अहिले भीमदत्त नगरपालिकाका १९ वटै वडाहरुमा संचालन भईरहेको छ । वडा नम्वर ४ मा रहेका १४ वटा टोलमा ७ जना स्वयमसेविका रहेको र ७ वटा आमा समुहमा यो कार्यक्रम गरिने आधारभुत स्वास्थ्य सेवा केन्द्रका सिअनमी निरिक्षक संगिता दर्जीले जानकारी दिईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.